बिहिबार, भदौ ११, २०८३
Thursday, August 27, 2026

प्रधानमन्त्री शाह पुगे बाढी प्रभावित क्षेत्र, सुरु भयो ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह रसुवा र नुवाकोटमा भोटेकोशी बाढीबाट भएको क्षति तथा बेपत्ताको खोजी र उद्धार कार्यको अवस्था बुझ्न बिहीबार नुवाकोटको विदुर पुगेका छन्।

बुधवार भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षति र प्रभावितको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बिहीबार दिउँसो विदुर पुगेका हुन्।

प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखबाट प्रभावित क्षेत्रको अवस्थाबारे ब्रिफिङ लिइरहेका छन्।

ब्रिफिङमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी छन्।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले प्रधानमन्त्री शाहलाई बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, बेपत्ताको खोजी तथा जारी उद्धार कार्यबारे जानकारी गराएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x