सोमवार, भदौ ८, २०८३
Monday, August 24, 2026

नागरिक समाजकाे तीज कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न

सामाजिक रूपान्तरणका लागि नागरिक समाज समाजमा रहेका विकृती विसंगती भष्ट्रचार नियन्त्रण कालोबजारी नियन्त्रण कला र संस्कृतिको माध्यम वाट समाजमा चेतना फैलाउने उद्देश्यले चेलीवेटी बेचविखन लागुऔषध दुर्व्यसन स्वस्स्थ सहजीकरण गर्न खाद्य तथा पशुजन्य पदार्थको जीवनस्तरमा सुधार गर्ने सामाजिक सेवाभावको उदेश्यले शारीरीरक अपाङ्गता भएका नागरिकहरुको लागी प्रयोग गरिने ह्वील चियर, वाकर स्वास्थ शिविर रक्तदान लत्ताकपडा वितरण शैक्षिक सामाग्री वितरण तथा दैवी प्रकोपमा होस अथवा विपदमा परेका बेलामा राहत तथा उद्धारमा सक्रिय एक गैर नाफामुलक सामाजिक संस्था हाे ।
नेपाल र नेपालीको धर्म संस्कृति रीतिरिवाजलाइ पनि उत्तीकै महत्वका साथ प्रचार-प्रसारमा ध्यानाकर्षण गराउँदै आएको छ । हामी नेपाली जुनसुकै धर्म माने पनि हामी नेपाली हौ भन्ने उदेश्यका साथ महिला आमा दिदी बहिनीहरुको महान चाड हरितालिका तीजको अवसरमा यहि भाद ६ गते शनिवार करिव ६०० जना महिला दिदी वहिनीहरुको उपस्थितीमा साक्षात्कार सांगीतिक माहोल तथा दर खाने कार्यक्रम सम्पन्न भएकाे छ ।

सामाजिक क्षेत्रमा निक्कै परिचित ब्यक्तित्व डा सुन्दर थापाकाे प्रमुख आतिथ्यतामा सामाजिक अभियन्ता तथा संस्थाका उपाध्यक्ष कल्पना चापागाइकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष याम बहादुर जिसीले २० बर्षे संस्थाकाे आराेह-अवराेहका बारेमा  कुनैपनि दातृ निकाय, संघ-संस्था तथा ब्यक्तिहरुबाट कुनैपनि सहयाेग नलिइ बिभिन्न समयमा राहत स्वास्थ्य सामाग्री स्वस्थ्य शिविर तथा बिभिन्न सामाजिक कार्यहरुमा सक्रियता पूर्वक उपस्थिति जनाउँदै आएकाे  बताउँदै संस्थालाइ अझ क्रियाशिल बनाउँदै लैजाने बताउनु भएकाे थियाे भने प्रमुख अतिथि डा थापाले  बिभिन्न जात-जातिहरुका अनेकाैं संस्कार तथा संस्कृति भएपनि हरितालिका तीज सबै दिदी बहिनीहरुकाे साझा पर्व भएकाे बताउँदै हाल समाजमा संस्कार भन्दा बिकृति माैलाउँदै गएकाेमा चिन्ता ब्यक्त गर्नु भयाे ।

हिसानका सचिव तथा जयामल्टिपल कलेजका प्रिन्सीपल भवानी पाैडेलले कुनैपनि तडकभडक बिना नै हरितालिका तीज मनाउन सबै महिला दिदी बहिनीहरुमा अनुराेध गर्दै संस्थाकाे उत्तराेत्तर प्रगतिकाे कामना समेत गर्नु भएकाे थियाे । सामाजिक क्षेत्रमा विशेषगरी अपाङ्गता अनुसन्धान, विकास र पुनःस्थापनामा तीन दशकभन्दा बढी समयदेखि सक्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा परिचित व्यक्तित्व  डा. नीलकण्ठ पौडेलले विगतमा नेपालमा मात्र सिमित हरितालिका तीज हाल बिश्वभरी फैलँदै जानुले यसकाे महत्व दर्शाएकाे बताउँदै सम्पूर्ण जात-जाति भाषा स‌ंस्कृतिलाइ जाेगाइ राख्न सम्पूर्ण महिलाहरुलाइ अनुराेध गर्नुभयाे ।

ब्यवसायी तथा सामािजक अभियन्ता मनाेहरी कँडेलले ३६४ दिन अन्य कार्यमा ब्यस्त रहने महिला दिदी बहिनी तीजमा परिवारका सबै महिला दिदी बहिनी एकिकृत भै मनाउने याे पर्वकाे धार्मिक तथा साँस्कृतिक महत्वका बारेमा औंल्याउँदै भव्य र सभ्यरुपमा मनाउन अनुराेध गर्नुभयाे ।

बिभिन्न ब्यवसायिक महिला समुह, सामाजिक अभियन्ता, मावअधिकारकर्मी, पत्रकारहरुकाे सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन संस्थाका मानार्थ सदस्य कलावती श्रेष्ठले गर्नु भएकाे थियाे ।‌

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x