देउवाले पार्टी एकताका लागि सभापति गगनसँग छलफल गर्ने
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग छलफल गर्ने बताएका छन् ।
देउवालाई भेट्न उनको निवास गएका डडेलधुराका कांग्रेस पूर्वसभापति कर्ण मल्ललाई देउवाले उक्त कुरा बताएका हुन् । आइतबार बिहान देउवा-मल्लको भेट भएको थियो ।
देउवा उपचारपछि फर्केको हुनाले स्वास्थ्य अवस्था बारे बुझ्न भेट्न गएको मल्लले बताए । मल्लले भने, ‘उहाँसँग मेरो राजनीतिक सम्बन्ध विच्छेद भएको थियो । स्वास्थ्य अवस्था बुझ्नका लागि भेट्न गएको थिएँ । स्वास्थ्य ठीक भएको पाएँ ।’


WRITE COMMENTS FOR THIS ARTICLE