सुनको मूल्यमा उच्च वृद्धि
काठमाडौं – बिहीबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ ।
आज प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको छ । एकैदिन २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४८८.८६ अमेरिकी डलर र चाँदी ६७.०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE