बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026

सरकारको चार महिना जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको रबिकाे स्वीकार

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन् ।

नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गरे ।

नेपाली युवा उद्यमी मञ्चको २२ औँ वार्षिक साधारण सभामा बोल्दै सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताए ।

मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ मौसमका कारण ‘टब्र्युलेन्स’ (अवरोध) आएपनि गन्तव्य सुरक्षित रहेको दाबी गरे ।

आफ्नो पार्टीमा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा र व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको जिकिर गर्दै उनले कुनैपनि असहज परिस्थितिलाई सम्हाल्न सक्ने ‘राजनीतिक अभिभावकत्व’ रास्वपासँग रहेको बताए । गैर–राजनीतिक पृष्ठभूमिबाट आएका विज्ञ र पेशेवरहरूको समूहले देश परिवर्तनका लागि लिएको यो चेतना र अवसर इतिहासमै दुर्लभ भएको उनको भनाइ छ ।

यो सरकार नागरिककै भएको र इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई जनतासँगको सहकार्यमा नै सफल बनाउने प्रतिवद्धता समेत सभापति लामिछानेले व्यक्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments