शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

आज प्रतिवेदन बुझाउँदै संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल

काठमाडाैं – प्रधानमन्त्री बालेन शाहका मुख्य राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ।

कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो।

कार्यदलको म्याद आजै सकिँदैछ।

२०८२ चैत १६ को मन्त्रिपरिषद् बैठककले बहसपत्र तयार गर्न कार्यदल गठन गरेको थियो।

कार्यदलले संविधानविद् र विभिन्न दलका प्रतिनिधिसँग छलफल पनि गरेको थियो।

कार्यदलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि पठाएको थिएन।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतले कार्यदलमा सदस्य पठाएका थिए। तर अन्तिम समयमा उनीहरूले कार्यदलबाट सदस्यहरूलाई फिर्ता बोलाएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रमै संविधान संशोधनको बहसपत्र तयार पार्ने उल्लेख गरेको थियो। सोही घोषणापत्रको कार्यान्वयनका लागि सरकारले कार्यदल बनाएको थियो।

कार्यदलको बहसपत्रका आधारमा मन्त्रिपरिषद्ले थप छलफल अघि बढाउने र संविधान संशोधन विधेयक अघि बढाउनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x