सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काँग्रेस संस्थापनइतरको भेला विराटनगरमा जारी

काठमाडौं–नेपाली काँग्रेस संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरु भएको छ । संस्थापन पक्षले पार्टीका नेताहरूलाई दबाब दिइरहेको समयमा भेला सुरु भएको हो ।

यो नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त प्रदेशस्तरीय भेला हो । १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको उक्त भेला दुवै समूहको संयुक्त आयोजनामा भइरहेको हो ।

काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भूपेन्द्र राईका अनुसार शेरबहादुर देउवाको पुरानो टिम र शेखर दाइको टिमको संयुक्त कार्यक्रम हो । यसअघि देउवा समूहले एकल रूपमा आयोजना गरेका प्रदेश भेलामा कोइराला समूह सहभागी नभए पनि कोशीबाट दुवै समूहबीच सहकार्य सुरु भएको हो ।

विराटनगरको मनास्लु होटलमा जारी भेलामा कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा.शशांक कोइराला, डा.मिनेन्द्र रिजाल, बलबहादुर केसी र एनपी साउद प्रमुख वक्ताका रूपमा रहेका छन् ।

पार्टीभित्र दबाब सिर्जना गर्दै संगठनात्मक कमजोरी सच्याउने उद्देश्यले आयोजित भेलामा डा.शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार सहभागी छन् ।

कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहेको भेलामा प्रदेश महामन्त्री भूपेन्द्र राईले पार्टी नेतृत्वले कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए ।

उनले कुनै व्यक्ति वा गुटको स्वार्थभन्दा माथि उठेर कांग्रेसलाई एकताबद्ध बनाउन दबाब समूहका रूपमा भेला आयोजना गरिएको बताए ।

इतर पक्षले हाल चलिरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति समेत असन्तुष्टि जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x