मङ्लबार, जेष्ठ १२, २०८३
Tuesday, May 26, 2026

कांग्रेस पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाकाे ५ बुँदे प्रस्ताव

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम राख्न ५ बुँदे प्रस्ताव राखेका छन् ।

विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा. कोइरालाले पार्टी एकता कायम राख्न भन्दै ५ प्रस्ताव राखेको कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

आफूलाई भेट्न आएका सभापति थापा र महामन्त्री पौडेलसमक्ष उनले १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने र निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव राखेका हुन् ।
कोइरालालाई चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २३ गते सभापति गगन थापाले उनकै सम्पर्क कार्यालय विशालनगरमा पुगेर भेटेका थिए । ती भेट र त्यसपछि पार्टी नेतृत्व र पदाधिकारीसँग भएका अनौपचारिक कुराकानीमा कोइरालाले यी प्रस्ताव राखेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाको बताए ।
संस्थापन पक्षबाट वरिष्ठ नेताको प्रस्ताव आएपनि कोइरालाले अस्वीकार गरेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x