मङ्लबार, बैशाख २९, २०८३
Tuesday, May 12, 2026

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

बैठकको प्रारम्भमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेललाई सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गर्नुभयो । उक्त सम्बोधनलाई मन्त्रिपरिषद्को आजै बसेको बैठकले पारित गरेको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सम्बोधन गर्नुभएको हो ।

संसद् सचिवालयले नीति तथा कार्यक्रम प्रस्तुतिका लागि अपराह्न ४:०० बजे संयुक्त बैठकको सूचना सदस्यहरूलाई यसअघि नै दिइसकेको थियो ।

सचिवालयले सबै सदस्यलाई दिउँसो ३:४५ बजे नै बैठक कक्षमा प्रवेश गरिसक्न सूचित गरेको थियो । संसद्को अधिवेशन प्रारम्भकै दिन सरकारको नीति तथा कार्यक्रम पेस गरिएको हो ।

सचिवालयले तय गरेको कार्यतालिका अनुसार प्रस्तुत नीति तथा कार्यक्रममाथि वैशाख ३० गते छलफल हुनेछ । सोही दिन छलफल, प्राप्त संशोधनहरूमाथिको टिप्पणी, प्रधानमन्त्रीको जवाफ र पारित गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

संसद्को संयुक्त बैठक पछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अलग–अलगरुपमा आजै ५ बजे पुनः बस्ने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x