मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाए

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्नेगरी बोलाएका हुन् ।

सर्वोच्च अदालतले भने १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई गत पुस अन्तिममा भएको विशेष महाधिवेशनले प्रतिस्थापन गरिसकेको ठहर गर्दै १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदमुक्त भइसकेको फैसला गरेको छ । यो फैसलाले खड्काको पद पनि खोसिइसकेको छ ।

बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । छलफलपछि निकटका केन्द्रीय सदस्यहरुको बैठक आज बोलाइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x