राष्ट्रपतिले आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै अधिवेशन अन्त्य गर्ने
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने शीतल निवासले जनाएको छ । दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ ।
आजै रातिदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न लागेका हुन् ।
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।
नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE