कलाकार संघको लफडा : निर्वाचन र साधारण सभा एकाएक स्थगित
काठमाडौं – नेपाल चलचित्र कलाकार संघ (फान) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि आगामी चैत २८ गतेका लागि तय गरिएको साधारण सभा र निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। संघका पदाधिकारीहरूबिच सदस्य नवीकरणको विषयलाई लिएर चर्को मतभेद भएपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको हो।
निर्वाचन समितिले पटक–पटक ताकेता गर्दा पनि संघको कार्यसमितिले मतदाता नामावली बुझाउन नसकेपछि समितिले पत्राचार गर्दै प्रक्रिया अघि बढाउन नसकिने बताएको थियो।
विवादको चुरो भने पुराना सदस्यहरूको नवीकरण र नयाँ सदस्यहरूको वैधतासँग जोडिएको छ। संघको कार्यसमितिभित्रै कुन सदस्यलाई मतदानको अधिकार दिने र कसको नवीकरण नियमसंगत छ भन्ने विषयमा दुई धार देखिएका छन्।
यही खिचातानीका कारण मतदाता नामावली टुङ्गो लाग्न नसकेको स्रोतको दाबी छ। अब नयाँ मिति कहिले तोकिन्छ भन्नेबारे संघले केही खुलाएको छैन।



WRITE COMMENTS FOR THIS ARTICLE