शुक्रबार, चैत्र ६, २०८२
Friday, March 20, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।

गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् ।

बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिनेछ । उक्त राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x