रविविरुद्धकाे विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता
काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले कार्यालय समय सकिनुअघि नायब महान्यायाधिवक्ताहरूसँग परामर्श गरेपछि फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार दुईवटा मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिने निर्णय गरिएको हो ।
महान्यायाधिवक्ता कार्यालयका उच्च स्रोतका अनुसार सो निर्णय कार्यान्वयनको चरणमा पुगेको छ । लामिछानेविरुद्ध काठमाडौं, रूपन्देही, कास्की र पर्सा जिल्ला अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दर्ता छन् ।
अब सम्बन्धित जिल्लास्थित सरकारी वकिल कार्यालयहरूले मुद्दा फिर्ताका लागि आरोपपत्र संशोधन गरी अदालतमा रितपूर्वक निवेदन दिनेछन् । अदालतको अनुमतिपछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा औपचारिक रूपमा फिर्ता हुनेछन् ।
सम्बन्धित अदालतले अनुमति दिएमा आरोपपत्रबाटै यी दुई अभियोग स्वतः हट्नेछन् । त्यसपछि रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणसम्बन्धी अभियोग मात्र बाँकी रहनेछ ।


WRITE COMMENTS FOR THIS ARTICLE