बुधबार, फाल्गुन १३, २०८२
Wednesday, February 25, 2026

लामिछानेको कविताकृति ‘जिन्दगी एक यात्रा’माथि छलफल

काठमाडौं –  कवि तथा कथाकार सपना लामिछाने (देउजा)को कविताकृति ‘जिन्दगी एक यात्रा’माथि छलफल गरिएको छ ।

शनिबार काठमाडौंमा सूचक प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले कृतिमाथि चर्चा गर्दै कवि लामिछानेका कविताहरूमा जीवनका भोगाइ र अनेक आयाम प्रस्तुत गरिएको बताए ।

डा. सुवेदीले भने, “कवि लामिछानेका कवितामा सामाजिक विषयवस्तुका साथै मातृत्व प्रेम, देशप्रेम पनि सशक्त रूपमा आएको छ । उहाँका कवितामा हामीले भोगिरहेका सन्दर्भ अभिव्यक्त भएको छ ।”

डा. सुवेदीले कविता पाठकले महसुस गर्नुपर्ने विषय भएको बताए ।

प्रतिष्ठानका कुलपति भूपाल राईले सूचक प्रकाशनले बर्सेनि प्रदान गर्दै आएको ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार–२०८२’ गायक कलाकार आनन्द कार्कीलाई प्रदान गरे ।

साहित्यकार नविन पल्लभद्वारा सञ्चािलत कार्यक्रममा पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले साहित्यले समाजलाई अगाडि बढाउने बताउँदै सिर्जना गर्ने हरेक व्यक्तिले समाजलाई डोर्‍याउने उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x