बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026

माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ

रौतहट – रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधवकुमार नेपाल विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपीठ (दर्ता नगरी तामेलीमा राख्ने काम) गरिदिएको छ । नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै दर्ता गर्न खोजिएको उजुरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै कार्यालयले दर्ता गर्न अस्वीकार गरेको हो।

प्रतिनिधि सभा सदस्यकै अर्का उम्मेदवार रामनरेश राय यादवले नेता नेपाल विरुद्ध दाबी–विरोध पेश गरेका थिए । उजुरीमा पतञ्जली योगपीठको जग्गा खरिद–बिक्री प्रकरणमा नेपाल संलग्न रहेको र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनलाई उम्मेदवार बन्न अयोग्य ठहर गर्न माग गरिएको थियो।

यादवले भ्रष्टाचार निवारण ऐन र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनका विभिन्न प्रावधानहरूलाई आधार मान्दै नेपालको उम्मेदवारी खारेज हुनुपर्ने जिकिर गरेका थिए।

तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरीमा उल्लेखित आरोपहरूलाई पुष्टि गर्ने ठोस र पर्याप्त प्रमाण संलग्न नभएको ठहर गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुन बमोजिम उम्मेदवारी बदर हुने बलियो आधार नदेखिएकाले उजुरीलाई दरपीठ गरिएको हो। यस निर्णयसँगै नेपालको उम्मेदवारी यथावत कायम रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x