बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026

दिनदिनै सरकार छोड् भन्दै गालीगलौजकाे बर्षा हुनथालेकाे छ – प्रधानमन्त्री सुशीला कार्की

काठमाडाैं – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन्। राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताइन्।

बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन्।

उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन्। आफूहरू अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको उनको भनाई थियो।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी अचानो जस्तो पो रहेछौँ। राजनीतिक दलले पनि गाली गर्छ। मारले गाली गर्छ। अहिले छोड, भोलि छोड भन्छ । जेन—जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ। छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौ भन्ने भाष्य आउँछ। हामी त पेण्डुलम जस्तो भयौँ। त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ।’

उनले थपिन्, ‘निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा। कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ। हाम्रो बारेमा पनि कथा लेख्नुस्। २५ वटा ३० वटा जेनजी समूहहरू हुनुहुन्छ। एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ। मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ। बंगलादेश चाहिँ नहोस्।’

प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको बताइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x