चुनावमा भाग लिने निर्णय गर्दै कांग्रेस
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आज चुनावमा भाग लिने निर्णय गर्ने तयारी गरेको छ। असोज २८ गतेदेखि जारी बैठकले आज निर्वाचनमा भाग लिने निर्णय गर्न लागेको हो।
कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विवाद हुँदा बैठक अनिर्णयको बन्दी बन्दै आइरहेको थियो। आजको बैठकमा चुनावबारे निर्णय गरे पनि महाधिवेशनबारे अहिलेसम्म कुनै सहमति नबनेको एक नेताले बताए।
निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनमा कुनै सहमति बन्न सकेको छैन। पुसभित्रमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरिएको भए पनि सहमति बन्न सकेको छैन।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्षका नेताहरू अब नियमित महाधिवेशन सम्भव नभएको भन्दै पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्।


WRITE COMMENTS FOR THIS ARTICLE