मध्यरातमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी प्रसाईं पक्राउ गरेका हुन्।
पछिल्लो केही दिन यता उनले हिसात्मक अभिव्यक्ति दिंदै आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै पनि प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको स्रोतको भनाई छ।


WRITE COMMENTS FOR THIS ARTICLE