बिहिबार, फाल्गुन २८, २०८२
Thursday, March 12, 2026

एमालेका महासचिव पोखरेल संसद् पुनर्स्थापना हुनेमा ढुक्क

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा संसद् पुनस्र्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले विगतमा नजिरका आधारमा समेत मान्यता नदिने विश्वास व्यक्त गरेका हुन ।

अदालतमा मुद्दा विचाराधीन रहेकोले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले काम गर्न नहुने उल्लेख गर्दैै पोखरेलले वर्तमान सरकार संवैधानिक परीक्षणमा खरो साबित हुन नसक्ने तर्क गरेका थिए ।

निर्वाचनको लागि गठन भएको यो सरकारलाई ६ महिना भित्र निर्वाचन गर्ने म्यान्डेट दिएको बताउँदै उनले यो सरकारले निर्वाचनको वातावरणको सुनिश्चितता गर्न नसकेको बताए ।

उनले जेनजीको नाममा पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउनको लागि युवाहरूलाई नियोजित मनोविज्ञान तयार गरी आफ्नो स्वार्थका लागि प्रयोग गर्ने काम गरेको बताए ।

सरकारले जेनजी आन्दोलन र आन्दोलनको नाममा भएको अपराधलाई एकै ठाउँमा राखेर हेरेको भन्दै उनले आलोचना गरे । उनले अहिले गठन भएको छानबिन आयोगको अध्यक्ष आफै २३ र २४ को घटनाको मतियार भएकाले निष्पक्ष प्रतिवेदन नआउने उल्लेख गरे ।

अहिले जनता दलबाट अलग भइसके भन्ने भाष्य निर्णय गर्न खोजिएको भन्दै उनले मंसिर २७ गते एमालेले नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्ने उल्लेख गरे ।

त्यस्तै महासचिव पोखरेलले एमालेबाट अलग भएकाहरूको सन्दर्भमा आफ्नो घर फर्कनका लागि एकता गरिरहनुनपर्ने बताए । पार्टी फर्कनेलाई उचित जिम्मेवारी दिइने तर नीति र नेतृत्वका प्रश्नमा चाहीँ सहमति गरेर आउनुपर्ने उनको भनाइ छ ।

उनले युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको बताए । उनले आउने महाधिवेशनमा आउने प्रतिनिधिमा युवाको क्लष्टर नै तोकेको स्पष्ट पारेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x