बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारका उच्च पदाधिकारीहरूद्वारा छिटो शान्तिपूर्ण समाधान खोज्न आह्वान

काठमाडौं – हिजोदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति सरकारका उच्च पदाधिकारीहरूले गहिरो दुःख प्रकट गर्नुभएको छ । घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत समेत भइसकेको अवस्थामा थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई संयमता अपनाउन अनुरोध गरिएको छ । यस विषयमा संवादमार्फत यथाशक्य छिटो शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान गरिएको छ ।

यस सम्बन्धमा सरकारका तर्फबाट आज सार्वजनिक गरिएको अपिलमा भनिएको छ–

“यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।”

साझा अपिलमा मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिँदेल, गृहसचिव गोकर्णमणि डुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापाको हस्ताक्षर रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x