बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

पोखराबाट अष्ट्रेलिया उडान गर्ने सिचुवान एयरलाइन्सको तयारी, कुवेतबाट पुन: भैरहवा आउँदै जजीरा

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने भएको छ । सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर अनुमति लिने तयारी थालेको छ ।

प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट उक्त गन्तव्यमा उडान गर्न तयार भएको छ । त्यसका औपचारिक रुपम प्रक्रिया टुङ्गाउने विषयमा द्विपक्षिय छलफलमा भइरहेकाेले छिट्टै उडानकाे तालिका सम्बन्धित वायुसेवाबाट आउने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार भैरहबाट पनि उडान गर्न कुवेतका वायुसेवा कम्पनी जजीरा एयरलाइन्स तयारी गरिहरेको छ । जजीराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको र भैरहवामा जान प्राधिकरणले दबाब दिइरहेको छ भने यस अघि पनि काठमाडौंमा हुने उडान संख्या कटौती गरेरै भैरहवाका पठाएको थियो । प्राधिकरणले यो वायुसेवलाई भैरहवाबाट उडान गर्न गरेको प्रोत्साहनसहितको कारण यसले आगामी डेढ महिनाभित्रै भैहरवाबाट उडान गर्ने तयारी गर्दै छ ।

प्राधिकरणका अनुसार भैहरवाबाट जजीरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुबै विमानस्थलमा अरु विदेशी वायुसेवा पनि आकर्षित हुने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x