प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।
उनीहरूबीच समसामयिक विषयमा छलफल चलिरहेको बताएको छ । खासगरी राष्ट्रपतिले केही समय फिर्ता पठाएको विधेयकबीच कुरा भइरहेको बताइएको छ ।
राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि साउन ८ गते प्रतिनिधिसभामा फिर्ता पठाएका थिए ।
संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा पठाएको थियो । दुवै सदनबाट पारित भइ आएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिकहाँ पेस भएको थियो ।
परिषद्का दुई जनाले मात्रै निर्णय गर्न सक्ने व्यवस्थाप्रति असहमति जनाउँदै विधेयक फिर्ता भएको हो ।
अध्यक्ष र दुईजना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एकजना सदस्यसहित कम्तीमा दुईजना उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ अन्य व्यवस्था विधेयकमा थियो ।
सभामुख देवराज घिमिरेले पनि केही दिन पहिले यही विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले एकपटक राष्ट्रपतिलाई भेटिसकेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE