बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाल सुशासन र विकासको अभियानमा छ -प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताएका छन् । सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालले समृद्धि हासिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको बताए ।  नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको बताए । नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरु अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ । जसबाट हामी समृद्धि हासिल गर्न चाहन्छौँ । र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ । हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल  र सुखी नेपाली हो । त्यसलाई साकार पार्ने गन्तव्यतर्फ क्रियाशील छौँ । यस यात्रामा सैनिक कल्याणकारी कोषले विभिन्न कार्यक्रममार्फत देश रक्षाको धरोहरको रुपमा रहेको नेपाली सेना तथा भूतपूर्व सैनिकहरुलाई एकताबद्ध गराउन र अघि बढाउन योगदान पुर्‍याएको छ ।’

प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x