बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले जनाएको छ ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि अध्यक्ष श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । तर, उनले तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको छ ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्नेछ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x