बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बासु फुलाराको कानुनी सेवा ड्यालसमा पनि

ड्यालस (टेक्सस) । न्यूयोर्कमा एक दशकको कानुनी सेवा प्रदान गरेपछि बासु फुलाराको कानुनी सेवा कार्यालयको शाखा ड्यालसमा खुलेको छ ।

एक विशेष कार्यक्रमबीच कार्यालय खुलेको र कानुनी सेवा लिन सकिने घोषणा समुदायका अगुवाहरुबीच गरिएको छ । अध्यागमन कानुनका विषयमा विशेषज्ञता हाँसिल गरेका एटर्नी अफ ल फुलाराले ड्यालसको कार्यालयबाट नेपाली समुदायका व्यक्तिहरुले जुनसुकै प्रकारका कानुनी सेवाहरु आफ्नै भाषामा सहजताका साथ लिन सकिने जानकारी दिए ।

हाल न्यूयोर्कको टाइम्स स्क्वायरमा रहेको कार्यालयबाट फुलाराले कानुनी सेवा प्रदान गरिरहेका छन् । टेक्ससमा नेपालीहरुको संख्यामा भएको वृद्धि र कानुनी सेवाको माग उच्च भएपछि शाखा विस्तार गरिएको जनाइएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) की सल्लाहकार यमुना भट्टराई, एनआरएनए अमेरिकाका पूर्ब अध्यक्ष सुनिल साह, पूर्ब क्षेत्रीय संयोजक राम सी पोखरेल लगायतका समुदायका ६ दर्जन अगुवाहरु कार्यालयको सुरुवातको घोषणा कार्यक्रममा सहभागी थिए ।

ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको अर्भिंग सिटीको मकार्थरमा कार्यालय स्थापना भएको छ । जुनसुकै प्रकारको कानुनी परामर्श दिइने र मुख्य रुपमा भने अध्यागमन कानुनका सेवाहरु प्रदान गरिने समेत उनले बताए ।

विशेषगरि सन् २०१५ मा नेपालीहरुलाई प्रदान गरिएको टिपिएसको नविकरण वर्तमान ट्रम्प प्रशासनले नगरेको अवस्थामा तत्काल डिपोर्टेसनबाट बच्नका लागि समेत यो कार्यालयले कानुनी परामर्श, सेवा प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रममा समुदायका अगुवाहरुले पछिल्लो अवस्थामा अध्यागमन कानुनका क्षेत्रमा भएको परिवर्तन, त्यसले नेपाली समुदायलाई पार्ने प्रभावका विषयमा अधिवक्ता फुलारासँग जिज्ञासा राखेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x