काठमाण्डाैं – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको छ ।
परराष्ट्र मन्त्रालयले भदौ ३१ अर्थात् सेप्टेम्बर १६मा प्रधानमन्त्री ओली दुई दिने भ्रमणका लागि नयाँ दिल्ली जाने छन् । भ्रमण सकेर प्रधानमन्त्री भोलिपल्ट अर्थात असोज १ गते स्वदेश फर्कने छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी पनि थालेको छ । भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट समकक्षी ओलीलाई भ्रमणको निमन्त्रणा आएपछि मन्त्रालयले तयारी थालेको हो ।
भ्रमणअघि दुवै देशका सचिवस्तरीय बैठक पनि बस्नेछ ।
मन्त्रालयका अनुसार यसपटकको भ्रमण नयाँ एजेन्डा नभएपनि दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउनेतर्फ केन्द्रित रहने छ ।
गत चैतमा थाइल्यान्डको राजधानी बैंककमा भएको बिमस्टेक बैठकको साइडलाइनमा दुबै प्रधानमन्त्रीहरूबीच एक्लाएक्लै भेटघाट भएको थियो । त्यसअघि राष्ट्रसंघको महासभामा पनि दुबै प्रधानमन्त्रीहरूबीच भेटवार्ता भएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE