शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

काठमाडौँ महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने

काठमाडौं – चालु आर्थिक वर्षको अन्त्यसम्म काठमाडौं महानगरपालिकाले कुल १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ, तर खर्च भने १३ अर्ब रुपैयाँ नाघेको छ । महानगरले यो वर्षको कुल बजेटमध्ये ५२.१३ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

महानगरले चालु आर्थिक वर्ष २०८०/८१ मा कुल २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको थियो । असार २५ गतेसम्म त्यसमध्ये १३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ ।

यो खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । यो वर्ष महानगरपालिकाले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट छुट्टाएको छ । यो खर्च क्रमशः ४४.७२ प्रतिशत र ६३.४२ प्रतिशत बराबर हो ।

असार २७ गतेसम्म महानगरपालिकाले कुल १० अर्ब ३२ करोड ३० लाख ४९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

महानगरले पुँजीगत खर्चका लागि छुट्याएको १५ अर्ब ६ करोड रुपैयाँमध्ये हालसम्म ६ अर्ब ७३ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ, जुन जम्मा ४४.७२ प्रतिशत हो। चालु खर्चतर्फ भने ९ अर्ब ८२ करोड रुपैयाँको बजेटमध्ये ६ अर्ब ६२ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन ६३.४२ प्रतिशत हो ।

असार २७ गतेसम्म जम्मा १० अर्ब ३२ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x