बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालद्वारा जापान ८० रनमा अलआउट

काठमाडौं – एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा अलआउट गरेको छ ।

मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जारी खेलमा बाँयाहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि जपानलाई नेपालले ८० रनमा अलआउट गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो । जापानका लागि  कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो । ८१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x