बिहिबार, कार्तिक ६, २०८२
Thursday, October 23, 2025

आज प्रतिनिधिसभाकाे बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ ।

बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसके पछि बिहिवार १ः०० बजेका लागि बैठक बाेलाइएकाे हाे । हिजाे संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसाे ३ः१५ को समय सरेको जानकारी दिएको थियाे । तर, त्यसमा पनि सहमति नभए पछि बिहिवार दिउँसाे १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएकाे हाे ।

भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन् ।

सहमति जुटाउनका लागि हिजाे सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, सभामुखको सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकिरहेकाे छैन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x