सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडाैं- आज सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । लगातार ६ दिनसम्म घटेपछि सोमवार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ ।
आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोवार भयो । अघिल्लो दिन बजारमा आज १८५ कम्पनीको मूल्य बढेको छ । ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज समग्र बजार भन्दा ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ होटल तथा टुरिजम समूह १.०१ प्रतिशत घट्नुबाहेक अरु सबै सूचक बढेका छन् । आव विकास बैंक समूह सर्वाधिक २.०१ प्रतिशतले बढेको छ भने बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा र ट्रेडिङ समूह पनि १ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज बजारमा पाँचवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगा फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनी रहेका छन् । आज विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE