शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

राष्ट्र, राष्ट्रियता प्रतिकाे याेगदान उर्जाशिल र प्रेरणादायक भूमिकाकाे उच्चसम्मान गरेकाेमा बि.सी.सम्मानित

सामाजिक रुपान्तरणका लागि नागरिक समाजको सहकार्य ‘ नागरिक बोर्ड डटकमको चौथो वार्षिक उत्सव तथा वरिष्ठ लोकदोहोरी गायक बद्री पराजुलीको एकल साँझ राष्ट्रिय नाचघर जमलमा प्रमुख अतिथी रक्षा मन्त्री मा. मानवीर राईको आतिथ्यतामा सम्पन्न भएको छ। उक्त समारोहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त ब्यक्तित्वहरूलाई अवार्ड तथा स्रष्टा सम्मानित गरिएको थियो ।

यसै विचमा आफ्नो कार्य व्यस्तताका बाबजुद टाेखा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बि.सी. कार्यक्रममा उपस्थित हुन नसके पनि एकल साँझलाई प्रतिवद्धता गरे अनुरूप आफ्नो कर्मक्षेत्रमा अविचलित भई अविच्छिन्नरूपमा लाग्नुभएको पेशाप्रतिको इमानदारीता, समर्पण र लगावकाे प्रशंसा गर्दै नयाँ तथा पुरानो दुवै पुस्तामा उत्तिकै सहजताका साथ आफूलाई प्रस्तुत गर्नसक्ने तथा निजामती सेवा मार्फत नागरिक सेवाकाे सम्वर्द्धन, उन्नति र श्रीबृद्धिको प्रतिबद्धता, नवीनतम र अद्वितीय योगदान स्रहाननिय भएकाे भन्दै उहाँको सम्मान पत्र संस्थाका अध्यक्ष याम बहादुर जिसीले हस्तान्तरण गर्नुभयो ।

विगत लामाे समय देखि निजामती सेवा मार्फत मानविय सेवामा पुर्‍याएकाे याेगदानकाे कदर गर्दै संस्थाले सम्मान गरेकाे हाे । आफ्नाे कार्यक्षेत्रमा अविचलित रहि अवछिन्नरूपमा लाग्नु भएकाे पेशाप्रतिकाे ईमान्दारिता, समर्पण र लगाव, निरन्तर र सक्रियतापूर्वक आफ्नाे सेवा मार्फत मानवसेवामा पुर्‍याएकाे अनुकरणिय याेगदानकाे सह्राना गर्दै राष्ट्र, राष्ट्रियता प्रतिकाे याेगदान ओजपूर्ण, उर्जाशिल र प्रेरणादायक भूमिकाकाे उच्चसम्मान गर्दै विशेष नागरिक क्रियसन अवार्ड प्दान गिरएकाे हाे ।

बि.सी.ले  इमान्दारी पूर्वक आफ्नाे कार्यमा लागि परियो भने जुनसुकै कार्यहरू पनि सहज तरिकाले गर्न सकिन्छ नागरिक समाजले र नागरिक क्रियसनले पुर्‍याउँदै आएको योगदान लाइ उच्च मुल्याकन गर्दै आगामी दिनहरुमा आर्थिक सामाजिक भौतिक र नैतिक समर्थन गर्दै जाने कुरा बताउनु भयाे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x