शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

सांसदहरुद्वारा तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग

काठमाडाैं – चैत्र १५ गतेको तीनकुने प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन् ।

आइतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसाबले सरकारले कमजोरी गरेको औंल्याएका छन् । संविधानप्रदत्त हक अधिकारलाई प्रयोग गरेर शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार विपरित गइ जनधनको क्षति भएकोप्रति सरकार ग्म्भीर बन्नुपर्ने धारणा राखेका छन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद छविलाल विश्वकर्माले तीनकुनेको घटना क्षम्य नभएको बताउनु भयो । उहाँले घटनाको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुने बताउनु भयो । सरकार र प्रहरी प्रशासनले आफ्ना संयन्त्रहरुको आधारमा आवश्यक जानकारी लिन नसक्दा क्षति व्यहोर्नुपरेको भन्दै आगामी दिनमा यसबाट शिक्षा लिएर सचेत हुनुपर्ने बताउनु भयो । सरकारले विमानस्थल जस्तो संवेदनशील क्षेत्र वरपर आन्दोलन गर्न स्थान दिन नहुनेमा सरकार चुकेको बताउनु भयो ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेत सुवेदीले चैत्र १५ गते तीनकुनेमा भएको घटनाप्रति खेद प्रकट गर्नुभयो । उहाँले घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले चैत्र १५ गतेको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले शिक्षा र स्वास्थ्यको वातावरण बिथोलिनुका साथै युवाहरुको देशमा बस्ने वातावरणसमेत बिथोलिएको बताउनु भयो । उहाँले जीवन नै सकिने गरी भएका घटनाको बिरोध गर्दै आगामी दिनमा त्यसो हुन नदिन सचेत रहनुपर्ने बताउनु भयो ।

सांसद कार्कीले सरकारको नेतृत्व असफल भएको आशंका व्यक्त गर्दै सरकारलाई झक्झक्याउन जरुरी रहेको बताउनु भयो । उहाँले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x