शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

बीमा प्राधिकरणको नवनियुक्त सदस्य राधा पोखरेलले शपथ ग्रहण गरिन्

काठमाडौं, – नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएकी हुन्  । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।

सो अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ काम गर्न जरुरी रहेको बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x