वसन्तपुरमा तीनतले चीरोत्थानसँगै होली पर्व सुरु

काठमाडाैं , – काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ।
वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रवार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने गरिन्छ । आज बिहान ८ः३३ बजेको शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरू भएको जनाउ दिएका हुन् ।
आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ । चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा चीर ठड्याइएको बताए। उनले चीर ठड्याइसकेपछि विधिवत रूपमा होली पर्व सुरू भएको मानिने बताए । होली पर्व असत्यमाथि सत्यको जित भएको रूपमा पनि मान्ने गरिएको बताए ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE