संसद् बैठकअघि रणनीति बनाउन विपक्षी दलहरूको बैठक जारी

काठमाडौं, – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरि प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।
‘बैठक संसद् भवनमै बसिरहेको छ,’ माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने।
सरकारले आज पाँचवटा अध्यादेश प्रतिनिधिसभामा स्वीकृतिका लागि पेस गर्दैछ।
यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश
-सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
– निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
– आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
– सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु बैठकमा सहभागी हुने बताइएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा पाँच अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । विपक्षी दलहरुले अध्यादेशको विरोध गर्ने रणनीति बनाउन बैठक बसेकाे बुझिएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE