बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

मेयर साम्पाङले प्रधानमन्त्रीसंग भेट गर्न पाएनन्

काठमाडौं : खानेपानी मन्त्री प्रदिप यादवले धरानमा खानेपानीको समस्या चाँडै समाधान आश्वासन दिएका छन्। खानेपानी मन्त्रालयमा पुगेका धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निकाल्ने आश्वासन दिएका हुन्।

मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले धरानका जनताको माग अनुसार खानेपानी मन्त्रालयले काम गर्ने र धरानको समस्या छिटै समाधान हुने बताए। मन्त्री यादवले धरानमा मात्र हैन देशैभरको खानेपानीको समस्या समाधान गर्ने दावी गरे।

खानेपानी मन्त्री यादवसँगको भेटपछि मेयर साम्पाङले धरानमा खानेपानीको समस्या समाधान हुनेमा आफू सकारात्मक भएको बताए। धरानको खानेपानी समस्या समाधानका लागि मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले प्रधानमन्त्रीसंग भेट गर्न खाेजेपनि प्रधानमन्त्रीले भेट नदिएपछि खानेपानीमन्त्री यादवसँग भेट गरेर आफ्ना समस्या राखेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x