माओवादीकाे सम्पत्ति छानबिनकालागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न जनार्दन शर्माकाे प्रस्ताव
काठमाडौं,- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । मंगलबार धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले आयोग गठन गर्ने प्रस्ताव गरेको एक नेताले बताए ।
शर्माले नयाँ क्रान्तिकारीतर्फ अगाडि बढ्ने गरी प्रचण्डको प्रतिवेदन आएकाले समर्थन गरेका छन् । प्रतिवेदन वर्गप्रति फर्कन खोजिएको पाटो सकारात्मक भएको उनको टिप्पणी रहेको छ । यस्तै उनले जनताको भावनाप्रति उत्तरदायी हुनुपर्ने र संविधान निर्माणपछि कहाँ अलमलियौँ समीक्षा गर्नुपर्ने धारणा राखेका छन् ।
‘पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ । हल्लाबाट मुक्त होऔँ । अध्यक्षलाई हटाउन होइन । बहस सिर्जना होस भनेर गत बैठकमा आएको व्यक्तिगत धारणा हो । आजको दिनसम्म पुँजीवादकै दलदलमा फसेका छौँ । संविधान निर्माणपछि हामी कहाँ अलमलियौँ समीक्षा गर्नुपर्छ’, शर्माको भनाई उदृद्ध गर्दै ती नेताले भने । यस्तै उनले पार्टी निर्माणका चार आधार पनि दिएका छन् । त्यसका लागि माओवादी धारसँग एकता, दलित महिलाहरूको प्रतिनिधित्व, युवाहरूलाई अवसर र विचारको संश्लेषण रहेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE