नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं ,- नागरिक लगानी कोष (सीआईटी)ले लाभांश घोषणा गरेको छ ।
कोषको पुस ७ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले आव २०८०\८१ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश प्रदान गर्न अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि कोषको आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीमा वितरण गरिने भएकाे छ ।
WRITE COMMENTS FOR THIS ARTICLE