अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू
काठमाडौं,- आज देखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुनेभएको छ । चार दिन बिहीबारसम्म आयोजना हुने ‘१२औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन् । महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तक्र्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।
महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा पुरस्कृत चलचित्रहरू ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हु कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’लगायतको सहभागिताले महोत्सवको रौनकता बढाएको महोत्सव निर्देशक खत्रीले बताउनुभयो ।
महोत्सवको सुरुवात सोमबार कान्समा पुरस्कृत लघु चलचित्र ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’ हुनेछ । उहाँले महोत्सवअन्तर्गत ‘को–प्रडक्सन, ल्यान्डस्केपः लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा मास्टरक्लास दिइनेसमेत बताउनुभयो । नेपालसहित पाकिस्तान, बंगलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले महोत्सवको आयोजना गर्दै आएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE