बीबीसीले पर्यावरण संरक्षण, सँस्कृति एवम् शिक्षा, मनोरञ्जन तथा खेल, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य एवम् प्रविधि क्षेत्रका महिलाहरूको सूची सार्वजनिक गरेको हो ।
१०० महिलाको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, रेप सर्भाइभर एवम् अभियन्ता गिसेले पेलिकोट, अभित्रेनी श्यारोन स्टोन, ओलम्पियन एथलेटिक खेलाडी रेबेका एन्ड्राडे र एलिसन फेलिक्स, गायीका रायी, भिजुअल आर्टिस्ट ट्रेसी एमिन, वातावरण अभियन्ता एडिनिके ओलाडुसु र लेखिका क्रिस्टियाना रेभेरा गार्जा लगायत छन् ।
यही सूचीमा वातावरण क्षेत्रमा क्रियाशील बागलुङकी शिलशिला आचार्य पनि परेकी हुन् ।
यसैगरी भारतकी फोटोग्राफर आरती राव, बौद्ध भिक्षुणी जेत्सुन्मा तेन्जिङ पाल्मो, बंगलादेशकी जलनपीडित अभियानकर्ता जन्नतुल फिर्दौस लगायत छन् ।
बीबीसीले दिल्ली सामूहिक बलात्कारको घटनापछि सन् २०१३ देखि यो प्रभावशाली र प्ररेक १०० महिलाको सूची सार्वजनिक गर्न सुरु गरेको थियो ।
यो सूचीमा सन् २०२३ मा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी थिइन् ।
यसैगरी सन् २०२० मा नेपालकी सपना रोकामगर पनि बीबीसीको १०० महिलाको सूचीमा परेकी थिइन् । सपना बेवारिसे शव व्यवस्थापनमा क्रियाशील थिइन् ।
यसैगरी छुवाछुतविरुद्ध सक्रिय उमा बादी, आरोही लाक्पा शेर्पा र पूर्वकुमारीहरूको सहयोगका लागि सक्रिय चनिरा बज्राचार्य लगायत पनि परेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE