शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

अर्थतन्त्रमा देखिएको समस्या समाधानकालागि नीजि क्षेत्रसँग सहकार्य गरिने–उपप्रधानमन्त्री सिंह

विराटनगर,- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीजि क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गरेका छन् ।

शनिबार मोरङ चेम्बर अफ कमर्शले आयोजना गरेको अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । कार्यक्रममा मोरङका व्यवसायीहरूले नीजि क्षेत्रले व्यवसाय दर्ता देखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

सरकारको अहिलेको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको भन्दै उनले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उपप्रधानमन्त्री सिंहले ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको बताए ।

उनले देशको अर्थतन्त्र सुदृढ बनाउन उत्पादनको क्षेत्रमा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको भन्दै व्यवसायीहरूलाई विश्वस्त रहन पनि आग्रह गरे । नेपाली कांग्रेसको नेतृत्वमा २०४८ सालमा बनेको सरकारले लिएको खुला बजार अर्थनीतिकै कारण देशमा नीजि क्षेत्रको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराए ।

‘०४६ साल अगाडी नीजी क्षेत्रका व्यवसायीहरूले भोगेको समस्या अहिलेको भन्दा धेरै गुणा बढी थियो । अहिले व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको छ । व्यवस्था मात्र होइन अवस्था पनि क्रमिक रूपमा सबै क्षेत्रमा परिवर्नन भएको छ’ उपप्रधानमन्त्री सिंहले भने ‘शिक्षा, स्वास्थ्य, सडक, आर्थिक क्षेत्रलगायतमा क्रमिक रूपमा परिवर्तन भएको छ । तर, समयअनुसार  नयाँ चुनौतिहरू आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा अब जोड दिनुपर्छ । सरकार त्यसमा गम्भीर छ ।’

सरकार अस्थिर हुँदा अरू क्षेत्रले जस्तै आर्थिक क्षेत्रले पनि समस्या भोगिरहेको चर्चा गर्दै उनले राजनीति स्थायीत्वकै लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको पनि बताए ।

उपप्रधानमन्त्री सिंह शनिबार जदाहा गाउँपालिकामा गणेशमान सिंह फाउन्डेसन मोरङले आयोजना गरेको स्वास्थ्य शिविरमा पनि सहभागी भए । उनले फाउन्डेसनले आयोजना गरेको शिविरबाट लाभ लिनबाट जदाहाका कोह पनि नछुट्ने गरि संयोजन गर्न पनि आग्रह गरे । शिविरबाट करिब १ हजार नागरिकले स्वास्थ  सेवा लिनेछन् ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले जदाहामा बनिरहेको जदाहा गाउँपालिकाको प्रशासनिक भवनको पनि निरिक्षण गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x