मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

श्रमिक टाइम्सद्वारा जि.सी सम्मानित

काठमाडौं -बिगत तिन दशक देखि कलाकर्म,  पत्रकारिता एवम सामाजिकक्षेत्रमा क्रियाशिल ब्यक्तित्व श्री यामबहादुर जि.सी सम्मनित भएका छन् ।

आफ्नाेकर्ममा अनवरत सक्रियताका साथ लागी परेका जि.सी. कलाका बिभिन्न बिधा जस्तै हास्य, नृत्य, गायन आदिमा पाेख्त छन् ।

सामाजिकक्षेत्रमा समेत निक्कै अब्बल सावित गर्न सफल जि.सी. पत्रकारितामा समेत संलग्न छन् । सामाजिक रूपान्तरणकालागि नागरिक समाज संस्था मार्फत राष्ट्रका बिभिन्न ब्यक्तित्वहरूलाई  सम्मानित गरिसकेका जि.सी. आफू सम्मानित हुँदा जुनसुकै क्षेत्रमा निरन्तर सकृय रहँदा समाजले पनि मूल्याङ्कन गर्दाे रहेछ भन्छन् ।

श्रमिक टाइम्स पत्रिकाको छैठौ वार्षिक उत्सव तथा श्रमिक टाइम्स डटकमको उद्घाटन श्रष्टा सम्मान समारोह नेपाल सरकारका माननीय श्रममन्त्री शरद सिंह भण्डारीको प्रमुख आतिथ्यतामा भव्य समारोहका बीच सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस ट्रेड यूनियनका अध्यक्ष योगेन्द्र कुवर, जिफन्टका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद श्रेष्ठ, श्रम विभागका डिजी र श्रमिक पत्रकारहरु लगायत मजदुर वर्ग र विभिन्न क्षेत्रका महानुभावहरुको बाक्लाे उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व श्रमिक टाइम्सका सम्पादक दिपक भट्टाचार्य ज्यूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पत्रकार कलाकार समाजसेवी याम जिसीले गर्नु भएको थियो।

समारोहमा प्रमुख अतिथी भण्डारीले अहिलेको परिस्थितिमा युवा वर्गलाई स्वदेशमै रोजगार दिन नसकिने र यसलाई विदेशबाट फर्केर आएका युवाहरुलाई उनीहरुको सीप अनुसार नेपालमा नै काम गर्ने वातावरण सृजना गर्दै अबको दश वर्षभित्र आम युवाहरुलाई स्वदेशमा नै रोजगार दिन सक्ने गरि योजना बनाउन लागेको कुरा अवगत गराएका थिए । साथै कस्ता खालको रोजगार दिन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेको पनि जनाउनुभएको थियो ।

उक्त समारोहमा विभिन्न क्षेत्रबाट समाज र राष्ट्रमा पुराउनु भको योगादनको मुल्यांकन गर्दै आउनु भएका श्रष्टाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गराउनु भको थियो। सम्मानित हुने श्रष्टाहरुमा वरिष्ठ समाजसेवी तथा धार्मिक अभियन्ता योगिनी भीम सुवा गुरुङ ‘क्षेत्रीसमाज माह संघका अध्यक्ष विष्णु बहादुर खडका , समाज सेवी सुभास सुब्बा लिम्बु चर्चीत झांक्री प्रकाश भुजेल ‘ शिक्षा सेवी रामहरी सिल्वाल नागरिक समाजका अध्यक्ष तथा समाज सेवी याम व जी सी पत्रकार इशा अधिकारी क्षेत्री समाज सेवी तथा परम्परा आर्युवेद अभियन्ता आशा खड़का कृषि माहन अभियन्ता रमेश पण्डित वरिष्ठ संचारकर्मी गोपाल आचार्य यूवा समाज सेवी तथा व्यवसायी शंकर सिं ठकुरीज्यू लगायत धेरै संघ संस्थालाई मायाको चिनाे प्रदान गर्नु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x