शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

साउदीजेलमा ६ सय १५ जना नेपाली सजाय भोग्दै छन

वैदेशिक रोजगारीका लागि साउदी अरब नेपाली युवाको लागि आकर्षक गन्तव्य मानिन्छ । तर, यहाँको कानुनविपरीतका गतिविधि, साथीभाइको प्रलोभन र छिटो पैसा कमाउने धन्दामा लाग्दा सयौ नेपालीहरुले कानुनी फन्दामा परेका छन । नेपाल सरकार र दुतावासको संयूक्त प्रयासमा तयार पारिएको तथ्यांकमा ६ सय १५ जना नेपाली जेलमा छन । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका हुन । साउदीमा रक्सी सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय हो । साउदीस्थित नेपाली दूतावासका श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार ६ सय १५ जना नेपाली विभिन्न जेलमा सजाय भोगिरहेका छन ।

उनका अनुसार ३ सय ८८ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा जेल परेका हुन भने १ सय २२ जना लागुऔषध ओसारपसार र ५३ जना चोरी मुद्दामा जेल परेका हुन । यस्तै, उच्छृंखल भिडियो बनाउने, महिलालाई जिस्काउने तथा अन्य कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा ५२ जना जेल परेका हुन। साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या बर्सेनि बढ्दो छ । तर, पछिल्लो समय कार्यरतसम्बन्धी कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो छ । श्रम सम्झौताभन्दा बढी पैसाको लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका छन । दूतावासले साउदीमा कार्यरत कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १५ हजार बढी रहेको अनुमान गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x