शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् । हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले हस्पिटलका सम्पूर्ण शाखाहरूमा क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता हस्पिटलका निर्देशक श्रेया पाँडे र बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x