शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

नेपाल राष्ट्र बैङ्कको भोल्ट बनाउने जिम्मा बतास समूहलाई

काठमाडौँ । बेलाबेला विवादमा आइरहेने बतास समूहलाई नेपाल राष्ट्र बैङ्कको थापाथलीमा निर्माणाधीन भवनको भोल्ट बनाउने जिम्मा दिएपछि आलोचना सुरु भएको छ । एक करोड ५० लाख १२ हजार रुपैयाँमा केन्द्रीय बैङ्कले भोल्ट र सोसँग सम्बन्धी सेक्युरिटी सिस्टम निर्माण गर्न बतास समूहलाई जिम्मा दिइएको छ ।

भोल्ट र त्यसको सेक्युरिटी बनाउने ठेक्का पाएको बतास ट्र्याक्टर्स बतास अर्गनाइजेसन अन्तर्गतको एक कम्पनी हो । बतासले नयाँ भवनको भोल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम मात्र बनाउने छैन, हेभी ड्युटी र्‍याकिङको तालीम दिनेछ ।

राष्ट्र बैङ्कको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको तथ्याङ्कमा भोल्ट र सेक्युरिटी सिस्टमको आपूर्ति, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, सञ्चालन सुरुवात र तालीमको ठेक्काका लागि बतास ट्र्याक्टर्सले न्यूनतम बोलकबोल गरेको गरेको उल्लेख छ ।

बतास ट्रयाक्टर्स चर्चित व्यवसायी घराना बतास अर्गनाइजेसनको हो । कम्पनीले गोदरेजको सामाग्री नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । अधिकांश बैङ्क तथा वित्तीय संस्थामा गोदरेजकै दराज र भोल्ट प्रयोग भइरहेको छ ।

यस अघि तत्कालीन नेकपाको नेताका रूपमा केपी ओलीनै प्रधानमन्त्री भएका बेला नारायणहिटी दरबार सङ्ग्रहालय परिसर र भारतीय सरकारको सहयोगमा पिङ्गलास्थानमा निर्माण भएको धर्मशाला समेत बतास समूहलाई सुम्पिएका थियो । चर्को आलोचनापछि पछिल्लो सरकारले ओली सरकारले गरेको उक्त निर्णय सच्याउँदै बतास समूहलाई ती ठाउँहरूबाट हटाएको थियो ।

अहिले फेरी एमालेको बुद्धिजीवी सङ्गठनमा एम अधिकारीका नामले इन्ट्री गरेका वर्तमान गभर्नर महाप्रसाद अधिकारीकै पालामा बतास समूह राष्ट्र बैक छिरेका छ । यो एउटा अनौठो संयोग मानिएको छ ।

सन् २०१६ मा स्थापित बतास ट्रयाक्टर्स नेपालका लागि क्याटर पिलर कन्स्ट्रक्सन इक्विपमेन्ट र गोदरेजको आधिकारिक विक्रेता हो । कम्पनीमा ६१ प्रतिशत स्वामित्व आनन्दराज बतास र शान्तराज बतासको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x