शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

थाइल्यान्डमा पेटोङटार्न सिनावात्रा कान्छी प्रधानमन्त्रीमा निर्वाचित हुने

काठमाडौं । थाइल्यान्डको सत्तारुढ दल फेउ थाई पार्टीले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३७ वर्षीय छोरी पेटोङटार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।

निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्वको उलङ्घन गरेको आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले बर्खास्त गरेपछि सो पार्टीले उनलाई नयाँ प्रधानमन्त्रीका रूपमा अगाडि सारेको हो ।

पेटोङटार्नलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नका लागि आज सांसदहरूले मतदान गर्ने कार्यतालिका रहेको बैंकक पोष्टले जनाएको छ ।

थाइल्यान्डको राजनीति दुई दशक अस्थिर देखिँदै आएको छ । अस्थिरताका कारण यहाँ विद्रोह एवं निरन्तर सडक प्रदर्शन हुँदै आएको छ भने अदालत सक्रिय देखिँदै आएको छ । यस अवधिमा अधिकांश समय थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टी सङ्घर्षमा रहेको छ ।

प्रतिनिधिसभाको आज शुक्रबारको बैठकबाट नेता पेटोङटार्न सिनावात्रालाई देशको भावी प्रधानमन्त्री चयन गर्न सत्तारुढ गठबन्धनमा रहेका सबै दल एकजुट देखिएका छन् । यदि उनको मनोनयन स्वीकृत भएमा पेटोङटार्न थाइल्यान्डको इतिहासकी सबैभन्दा कान्छी प्रधानमन्त्रीमा निर्वाचित हुनेछिन् ।

पेटोङटार्न प्रधानमन्त्री भइन् भने उनी पिता थाक्सिन र उनकी फुपू यिङलकपछि प्रधानमन्त्री बन्ने सिनावात्रा परिवारकी तेस्री र फेउ थाई पार्टीकी चौथो सदस्य हुनेछिन् ।

पेटोङटार्नलाई भुमजाइथाई, पलाङ प्रचारथ, चारथाइपट्टना, प्रचात, चार्ट पट्टाना क्ला, सेरिरुआम्थाई र थाई रुम्फालाङ पार्टीका नेताहरूले समर्थन जनाएका छन् । ४९३ सिटको संसद्मा गठबन्धनसँग कुल ३१४ सांसद छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x