शुक्रबार, भदौ १२, २०८३
Friday, August 28, 2026

सामाजिक रुपान्तरणकालागि नागरिक समाजले राहत तथा सेवा अभियान अघि बढायाे

काठमाडाैं – रसुवागढी सीमा क्षेत्रमा गएको विनाशकारी प्राकृतिक विपतबाट हामी अत्यन्त मर्माहत भएको छाैं । भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि सामाजिक रुपान्तरणकालागि नागरिक समाजले राहत तथा सेवा अभियान अघि बढाएको छ।

मुलुकको इतिहासमै त्रासदीपूर्ण घटनाका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्।

कतिपयले आफन्त गुमाएका छन् भने कतिपय परिवार घरबारविहीन बनेका छन्। यस्तो विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले यस्ताे अभियान सञ्चालन गरिएकाे स‌ंस्थाका महासचिव डा‍ पनाह अधिकारीले बताइन् ।

विपद्को कठिन घडीमा मानवीय दायित्व आत्मसात् गर्दै रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सक्दो सहयोग गर्न आम नागरिकलाई आग्रह गरेको छ । नागरिक समाजमा रहेका करिब ५० जना कार्यकर्ता तथा स्थानीय सेवाभावी टोली प्रभावित क्षेत्रमा जाने समेत जनाएको छ।

टोलीले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई त्रिपाल, खाद्यान्न, आवश्यक औषधि तथा दैनिक उपभोग्य सामग्री वितरण गर्ने जनाएको छ।संस्थाका अनुसार राहत अभियान केवल सामग्री वितरणमा सीमित नरही विपद्मा परेका नेपाली परिवारलाई आत्मीयता र अपनत्वको अनुभूति गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो। घर गुमाएका परिवारका लागि त्रिपाल अस्थायी छानामात्र नभई सुरक्षा र भरोसाको आधार बन्ने तथा खाद्यान्न र औषधिले संकटको समयमा ठूलो राहत दिने अपेक्षा गरिएको छ।

विपद्का बेला पीडितको साथमा उभिनु आफ्नो जिम्मेवारी भएको बताउँदै नागरिकको दुःखमा साथ दिन राहत अभियान अघि बढाइएको जनाएको छ।
स‌स्थाले बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनीहरूले प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने अभियान सफल बनाउन स‌ंथाकाे नेपाल बैंक खाता नं ००२००१००५२८५०८०००००१ मा सबैलाई सेवाभावका साथ अघि बढ्न आह्वान गरेका छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x