सोमवार, भदौ ८, २०८३
Monday, August 24, 2026

आज अर्जेन्टिना र इजिप्ट आमने–सामने, मेस्सी–सलाह भिडन्तमा विश्वभरको नजर

काठमाडौं– फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम–१६ को सबैभन्दा प्रतीक्षित खेलमध्ये एकमा मंगलवार राति साविक विजेता अर्जेन्टिना तथा इजिप्ट आमने–सामने हुँदैछन् । अमेरिकाको एटलान्टास्थित रंगशालामा हुने यो खेल नेपाली समयअनुसार आज राति ०९ः४५ बजेदेखि प्रारम्भ हुनेछ । यो खेलको विजेता टोलीले क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा यहीँ समाप्त हुनेछ ।

विश्व फुटबलका दुई चर्चित स्टार नियोनल मेस्सी तथा मोहम्मद सलाह आमने–सामने हुने भएकाले यो खेलप्रति विश्वभरका फुटबल समर्थकको विशेष चासो रहेको छ । अनुभवी कप्तान मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले आफ्नो उपाधि रक्षा अभियानलाई निरन्तरता दिने लक्ष्य राखेको छ भने सलाहको कप्तानीमा रहेको इजिप्ट इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सपनासहित मैदान उत्रिने छ ।

अर्जेन्टिना समूह चरणपछि नकआउट चरणमा पुगेको टोली हो । अन्तिम–१६ को यात्रा सहज नभए पनि यो टीमले कठिन परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीले आफ्नो अनुभव र आत्मविश्वास कायम राखेको छ । मेस्सीसँगै युवा तथा अनुभवी खेलाडीहरूको सन्तुलित संयोजन अर्जेन्टिनाको मुख्य बलका रूपमा हेरिएको छ ।

यता, इजिप्टले पनि यस संस्करणमा प्रभावशाली प्रदर्शन गर्दै सबैको ध्यान तानेको छ । अष्ट्रेलियाविरुद्धको रोमाञ्चक खेलमा निर्धारित समय र अतिरिक्त समयसम्म बराबरी भएपछि पेनाल्टी सुटआउटमा जित निकाल्दै इजिप्टले अन्तिम–१६ मा स्थान बनाएको थियो । त्यस खेलमा खेलाडीहरूले निकै लामो समय मैदानमा बिताएकाले उनीहरूको शारीरिक अवस्था र फिटनेस पनि आजको खेलमा निर्णायक बन्न सक्ने अनुमान गरिएको छ ।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकपको नकआउट चरणमा कुनै पनि टोलीलाई कमजोर ठान्न नहुने बताएका छन् । उनका अनुसार इजिप्ट अनुशासित, संगठित र प्रतिआक्रमणमा खतरनाक टोली भएकाले अर्जेन्टिनाले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको छ ।

उता इजिप्ट पनि सलाहको नेतृत्वमा आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ । टोलीले बलियो रक्षापंक्ति तथा तीव्र प्रतिआक्रमणमार्फत अर्जेन्टिनामाथि दवाव सिर्जना गर्ने रणनीति अपनाउने अपेक्षा गरिएको छ । सलाहको व्यक्तिगत क्षमता र निर्णायक क्षणमा खेल बदल्ने सामर्थ्य इजिप्टका लागि सबैभन्दा ठूलो आशा मानिएको छ ।

फुटबल विश्लेषकहरूका अनुसार खेलको गति नियन्त्रण, मिडफिल्डमा बलको पकड तथा गोल गर्ने अवसरको सदुपयोग नै जित–हारको प्रमुख आधार बन्न सक्छ । अर्जेन्टिनासँग अनुभव र आक्रामक खेल शैलीको बलियो पक्ष रहेको छ भने इजिप्ट अनुशासित रक्षात्मक रणनीति र तीव्र काउन्टर अट्याकमा निर्भर रहने सम्भावना छ ।

विश्वभरका करोडौं समर्थकको ध्यान तानेको यस खेललाई अन्तिम–१६ कै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एकका रूपमा हेरिएको छ । मेस्सी र सलाहबीचको सम्भावित प्रत्यक्ष भिडन्तले खेललाई अझ आकर्षक बनाएको छ । आजको विजेताले क्वार्टरफाइनलमा स्थान बनाउँदै विश्वकप उपाधितर्फको यात्रा एक कदम अगाडि बढाउनेछ भने हार्ने टोलीका लागि २०२६ विश्वकपको अभियान समाप्त हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x