बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026

प्रधानमन्त्री शाहकाे उपस्थितिको माग गर्दै विपक्षीहरूले सदन अवरुद्ध गरे

काठमाडौैं – प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहकाे उपस्थितिको माग गर्दै विपक्षीहरूले सदन अवरुद्ध गरेका छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दै विपक्ष दलका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि सांसदहरूले आपत्ति जनाइरहेका छन् ।

यसैबिच श्रम संस्कृति पार्टी प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद् छोडेर बाहिरिएको छ ।

बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्नुभएको छ । सभामुखले समय दिएपछि सांसदहरूबिच सवाल जवाफ भइरहेको छ ।

प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा तोकेकाे मन्त्रीले जवाफ दिने व्यवस्था रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x